
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एघार हजार तीन सय ६५ परिक्षणमा गर्दा थप कोरोना भाइरसका संक्रमित पुष्टि भएका हुन ।
सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जना र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस