aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

खल्तीले ल्यायो आइफोन १३ र एक रुपैयाँमै फ्लाइट टिकट जित्ने मौका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ माघ २०७८
खल्तीले ल्यायो आइफोन १३ र एक रुपैयाँमै फ्लाइट टिकट जित्ने मौका

काठमाडौं । नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले फेरी लिएर आएको छ, ‘उडान अब मात्र रू. १’ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । यसका साथै हरेक दिन एक जनालाई रू. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ । 

‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा १२ सयसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।  

यो अफर २३ माघ देखि फागुन ३०, २०२२ सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस