aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप १९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ माघ २०७८
थप १९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९५७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११८७ जना र एन्टिजन परिक्षण गर्दा ७७३ जना गरि जम्मा १९५७ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ५१०३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ११ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ रहेको छ ।                        

पछिल्लो २४ घण्टामा १२ हजार ६९२ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख ७३ हजार ३४९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ ।           
 

प्रतिक्रिया दिनुहोस