
एजेन्सी । गुगल क्रोमलाई लिएर धेरै तृटीहरु देखिएका छन । रिपोर्टका अनुसार गुगल क्रोममा धेरै त्रुटिहरू रिपोर्ट गरिएको हुन । जसले ह्याकर र साइबर आक्रमणलाई सजिलैसँग प्रणाली ह्याक गर्ने मौका दिन सक्छ। यो चेतावनी भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सीइआरटीइन) ले क्रोमका प्रयोगकर्ताहरूलाई यस्तो चेतावनी दिएको हो।
भारतको साइबर सुरक्षा खतराहरूको निगरानी गर्ने सरकारी निकाय हो । एनालिटिक्स फर्म स्टेट काउन्टरको रिपोर्टले क्रोमको विश्वव्यापी बजार हिस्सा सबैभन्दा बढी रहेको खुलासा गरेको छ । यो वेब उपयोगको ६३ प्रतिशतको खाता रहेका छन् ।
गुगल क्रोमले सेक्योर ब्राउजिङ, रिडर मोड, वेब सर्च, थम्बनेल ट्याब स्ट्रिप, स्क्रिन क्याप्चर, विन्डो डायलग, पेमेन्ट, एक्सटेन्सन, फुल स्क्रिन मोड, स्क्रोल, एक्सटेन्सन जस्ता सुविधाहरूमा त्रुटि देखाएको दाबी गरेको छ । तर, गुगल क्रोमको संस्करण ९८.०.४७५८.८० अघि क्रोममा यो कमी देखिएको एजेन्सीले जनाएको छ ।
गुगलले भर्खरै एक अपडेट जारी गरेको छ र चेतावनी प्रयोगकर्ताहरूका लागि हो जसले अझै ९८.०.४७५८.८० अघि गुगल क्रोम संस्करण प्रयोग गरिरहेका छन्। नयाँ क्रोम ९८.०.४७५८.८०÷८१÷८२ अद्यावधिक हालै क्रोमका नयाँ संस्करण ९८.०.४७५८.८० म्याक लिनेक्स प्रयोगकर्ताहरूको लागि जारी गरिएको थियो। जुन सुरक्षित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस