aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।

आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो । वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई केजी आयोनुन, दुई केजी चिनी, दुई लिटर सनफ्लावर तेल, एक केजी सर्फ,  पाँच गोटा साबुन, सर्जिकल फेस मास्क ५० वटाको एक प्याकेट, सेनटाइजर ५०० एमएलको एक थान र एक थान हलुका ब्ल्याङ्केट रहेको छ । 

आसमानका नीति सल्लाहकार गुरु सुवेदीले इटहरीका ३०० र दुहबीका ३०० घरपरिवारलाई राहत वितरण भइसकेको जानकारी दिँदै विराटनगर महानगरपालिका क्षेत्रका ४०० घरपरिवारलाई छिट्टै राहत वितरण गरिने बताए । आसमान नेपालले कोभिड प्रभावित परिवारलाई मानवीय सहायता उपलब्ध गराउने अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाएको श्री सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस