काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको पाँच तारे होटल याक एण्ड यति बन्द गर्न पर्यटन विभागले निर्देशन दिएको छ । पर्यटन विभागले बारम्बार होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर बुझाउन ताकेता गर्दा पनि शुल्क नबुझाएकाले होटल र रोयल क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको हो ।
होटल र क्यासिनोले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । । ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ । उक्त सूचनामा क्यासिनो इजाजतपत्र र होटल सञ्चालन अनुमति पत्र समेत रद्द गरिएको उल्लेख गरिएको छ ।
२७ सेप्टेम्बर १९७७ मा, याक एण्ड यती १२० कोठा, ५ तारे होटेलको रूपमा खोलिएको थियो । नेपालमा यस्तो प्रकारको यो नै पहिलो थियो । पुरानो दरबार लाल दरबारको वास्तुशिल्पका विशेषताहरूसँग मिलाएर थप १५० कोठाको नयाँ पङ्क्ति निर्माण गरी कोठाको कुल सङ्ख्या २७० पुगेको थिए।
सम्पूर्ण होटल सुन्दर कलाकृतिहरू, कला र परम्परागत रूपमा सिर्जित फिक्स्चरहरूको एक शानदार बासस्थानका रुपमा विकास गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरेको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस