aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ माघ २०७८
हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो

सिमिकोट । हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो । 

 हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ । 

 हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस