aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

भ्यालेनटाइन्स् डेमा भाइवरको “भाइवसँग आत्मविश्वास” अभियान शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ फागुन २०७८
भ्यालेनटाइन्स् डेमा भाइवरको “भाइवसँग आत्मविश्वास” अभियान शुरु

काठमाण्डौं । सुरक्षित मेसेजिङ र भ्वाइस-बेस्ड संचारमा विश्वकै अग्र पङ्कतिमा रहन सफल राकुटेन भाइबरले प्रयोगकर्ताहरूका लागि संवादमा मद्दत पुर्याउने सम्बन्धसँग जोडिएका सुविधाहरू सुरु गर्ने भएको छ ।भाइबसँग आत्मविश्वास नाम दिएर फेब्रुवारीभरि रोल गरिन्ने यस अभियानभित्र भ्यालेनटाइन दिवसको रमाइलो एआर लेन्सहरू र सम्बन्धसँग जोडिएका क्वीज र खुसी रहने सुझावहरू जस्ता सुविधाहरू सामेल गरिएका छन्। 

भ्यालेनेटाइनमा सधैँ आफ्नो प्रयोगकर्ताहरूलाई केही न केही नयाँ दिँदै आएको सिलसिलालाई निरन्तरता दिँदै, भाइबरले ह्यूमन इम्प्रुभमेन्ट प्रोजेक्टसँग साझेदारी गरेको छ। ह्यूमन इम्प्रुभमेन्ट एक गैर नाफामूलक अनुसन्धान संस्था हो, जसको न्यूरोसाइन्स, सम्बन्ध र मनोविज्ञानमा बर्षौँको खोजीहरू छन्। सँगै मिलेर दुईले ह्यापिनेस टिप्स् नामक च्याटबट क्यूरेट गर्दैछन् जसले सम्बन्धबारेः क्वीज, भडियो र सुझावहरू उपलब्ध गर्नेछ। 

साथै, भाइबरले फेब्रुवारीभरि उपलब्ध भ्यालेनटाइन दिवसको नयाँ एआर लेन्सहरू पनि लन्च गर्दैछ। यस अभियानमा तेह्र नँया लेन्सहरू, चश्मा, फोटोबुथ, र अन्य थप विशेषताहरू समावेश गरिएका छन्। भाइबरको विषयवस्तु आधारित लेन्सहरू स्न्यापच्याट र भाइबरको अन्य प्लेटफर्ममा पनि उपलब्ध गराइनेछ। यसको साथै भाइबरले, आफूले प्रेम गर्ने व्यक्तिलाई आफ्नो प्रेम दर्साउन सजिलो बनाउँदै भ्यालेनटाइन दिवसको च्याटबट नेपाली प्रयोगकर्ताहरूका लागि पनि थपेको छ। 

विश्वभरका मानिसहरूलाई जहाँ भएपनि आत्मविश्वासको साथ जोडिन, प्रेम विकास गर्न र दिगो सम्बन्ध निर्माणका निम्ति मद्दत गर्न भाइबर सदैब प्रतिबद्ध छ। यस प्रेमको महिनाभरि प्रयोगकर्ताहरूलाई एकअर्कासँग नजिक आउन र आफूलाई अभिव्यक्त गर्न भाइबरको प्लेटफर्मले सम्भव बनाउनेछ। 

इन्सटेन्ट भिडियो मेसेज वा आवाजमार्फत आफूलाई विशेषलाग्ने व्यक्तिअघि आफूलाई व्यक्त गर्न मद्दत गर्दै भाइबरको यस ूभाइबसँग आत्मविश्वास” अभियानले मान्छेहरूलाई एक अर्का नजिक ल्याउँन थप मद्दत पुर्याउनेछ। एण्ड(टु(एण्ड इन्क्रिपसन, डिसापियरिङ मेसेज, र हिडन च्याट जस्ता भाइबरको गोपनीयतासम्बन्धी नीतिगत सुविधाहरूले प्रयोगकर्ताहरूले जब व्यतिगत मेसेजहरू आदनप्रदान गरिरहेको बेला सबभन्दा धेरै गोपनीयता प्रदान गर्छ।  

“भ्यालेनटाइन भनेकै एक अर्काको समिप आउनु हो र समय लिएर तपाईँ उसको ख्याल राख्नुहुन्छ भनेर देखाउनु हो, र कहिलेकाही त्यस्तो कुरा मेसेजिङ एपबाट पनि गर्नुपर्ने हुन्छ,” भन्छिन् राकुटेन भाइबरका लागि प्रमुख मार्केटिङ डाइरेक्टर नोया पोलाक। महामारीको कारण केही वर्षको विषम वर्षहरूपश्चात, एक अर्कासँग ब्यतिगत रुपमा भेटन नपाएका यति धेरै सहयात्री, परिवारहरूको साथ, प्रयोगकर्ताहरूलाई सबैभन्दा व्यतिगत रुपमा आफ्नो प्रेम दर्साउन मद्दत पुर्याउने प्लेटफर्म सृजाना गर्न चाहान्थ्यौँ। त्यसैले गर्दा हाम्रो “भिडियो मेसेजिङ” र “भ्वाइस मिमो” सुविधा महत्वपूर्ण छन्।”

प्रतिक्रिया दिनुहोस