काठमाडौं । नेपालले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने मौका गुमाएको छ। सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी –२० एसिया छनोट अन्तर्गत आइतबारको अन्तिम खेलमा आयोजकले नेपाललाई ८२ रनले पराजित गरेपछि नेपालको सपना तुहिएको हो।
टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०९ रन मात्रै बनाउन सक्यो। जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल क्वलिफायरमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस