aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आलेको अपरिपक्व निर्णयले प्राधिकरणमा तनाव, एउटा कार्यालयमा दुई जना महानिर्देशक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ फागुन २०७८
आलेको अपरिपक्व निर्णयले प्राधिकरणमा तनाव, एउटा कार्यालयमा दुई जना महानिर्देशक

काठमाडौं । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएका नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री कार्यालय पुगेका छन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले अनिवार्य अवकासमा कार्यालयबाट विदा गरेका थिए । क्षेत्रीले सर्वोच्चका आफूलाई थमौति गरेको पत्र लिएर कार्यालय गएपछि प्राधिकरणमा फेरि तानव सुरु भएको छ ।

अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । प्राधिकरणका जुनियर कर्मचारी प्रदीप अधिकारी आफूलाई सरकारले महानिर्देशकमा नियुक्त गरेको भन्दै अहिले कार्यालयमै छन् । सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयमा कर्मचारीले गेटमै धर्ना दिएको कर्मचारी युनियनका एक प्रतिनिधिले जानकारी दिए ।

‘आइतबार सर्वोच्च अदालतले आगामी ९ फागुनमा दुबै पक्षलाई छलफलका लागि बोलाउँदै क्षेत्रीको अनिवार्य अवकास कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेश बोकेर क्षेत्री प्राधिकरण छिर्न खोजेका हुन् । प्राधिकरणको परम्परा र ६ जना सिनियर कर्मचारी हुँदा हुँदै जुनियर कर्मचारीलाई महानिर्देशक नियुक्त गरेको भन्दै कर्मचारी आन्दोलनमा रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस