aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ फागुन २०७८
नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर

काठमाडौं । नेपाल टेलिकमले फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा विशेष अफर ल्याएको छ । नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । 

यो अफर फागुन १ र २ गतसम्म उपलब्ध हुनेछ । सो अफर अन्तर्गत ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ । ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।  

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।  
 

प्रतिक्रिया दिनुहोस