
एजेन्सी । भारतबाट आउने अन्तर्राष्ट्रिय यात्रुले अब विमानस्थलमा कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनासम्बन्धी निर्देशिकालाई खुकुलो पार्दै नयाँ निर्देशिका जारी गरेको छ । यो निर्देशिका आज रातिदेखि अर्को आदेश नआएसम्म लागू हुनेछ ।
देशमा कोरोनाको तेस्रो लहर कम भएपछि यो छुट दिइएको हो । अब सबै यात्रुले स्वघोषणा फारम भरेर यात्रा गर्न सक्नेछन् । विमानस्थलमा स्क्रिनिङ गर्दा कोभिडका लक्षण देखिएमा तत्कालै आइसोलेसनमा राखिनेछ ।
नयाँ निर्देशिका अनुसार ७२ घण्टाभित्र कोभिड परीक्षणको रिपोर्ट देखाउन पर्ने बाध्यता पनि हटाइएको छ । यसको सट्टा, खोपका दुबै डोज लगाएको प्रमाणपत्र देखाउन सकिन्छ । भारत आएपछि कुनै यात्रीमा कोरोनाको लक्षण देखिए सेल्फ आइसोलेसनमा बस्नु पर्ने हुन्छ । आफ्नो नजिकको अस्पतालमा गएर कोरोना परीक्षण गराउन सकिन्छ । यससँगै कोरोनाका लागि जारी गरिएको राष्ट्रिय हेल्पलाइन नम्बर १०७५ मा कल गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस