aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वल्र्डलिंकले ल्यायो “अब हरेक टिभीमा यूट्यबु” अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
वल्र्डलिंकले ल्यायो “अब हरेक टिभीमा यूट्यबु” अफर

काठमांडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” अफर शुरुआत गरेको छ । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला ।

पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ र ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको जनाएको छ । 

यस सेवा अन्तर्गत वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टि.भीमार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्नेछ । 

यो सुविधा स्र्माट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुकालागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । 

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्दछन् । 
यो सुविधा प्रयोगकर्ताहरुले यटू्यबु स्व्रिmनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ ।

यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ । पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्नेछ । 
 
 

प्रतिक्रिया दिनुहोस