aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आइएमई पेले प्रणय दिवसको उपहार दुई जोडिले जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
आइएमई पेले प्रणय दिवसको उपहार दुई जोडिले जिते

काठमाडौं। आइएमई पेले प्रणय दिवसको अवसरमा ल्याएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको प्याकेज जितेका छन्।  काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङले रिसोर्टको प्याकेज जितेको बताइएको छ। उक्त प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको एक्स्क्लुसिभ अफर रहने कम्पनीले जनाएको छ। 

४ देखि १२ फेब्रुअरीसम्म संचालित यो अफरमा सहभागीमध्ये लक्की ड्रमार्फत बिजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। भ्यालेनटाइन्स अफरअन्तर्गत भ्यालेनटाइन्स प्याकेज जितेका दुवै जोडीलाई कम्पनीका तर्फबाट सीईओ विकासकुमार नाहाटाले बधाई दिँदै भने, ;विगत केही वर्षदेखि आइएमई पेमार्फत् हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासब्याक (६०० सय रुपैयाँसम्म) रहेको छ। यसले उपभोक्तालाई सुलभ सेवा लिनमा मद्दत पुगेको छ।’ 

प्रतिक्रिया दिनुहोस