
काठमाडौं। आइएमई पेले प्रणय दिवसको अवसरमा ल्याएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको प्याकेज जितेका छन्। काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङले रिसोर्टको प्याकेज जितेको बताइएको छ। उक्त प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको एक्स्क्लुसिभ अफर रहने कम्पनीले जनाएको छ।
४ देखि १२ फेब्रुअरीसम्म संचालित यो अफरमा सहभागीमध्ये लक्की ड्रमार्फत बिजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। भ्यालेनटाइन्स अफरअन्तर्गत भ्यालेनटाइन्स प्याकेज जितेका दुवै जोडीलाई कम्पनीका तर्फबाट सीईओ विकासकुमार नाहाटाले बधाई दिँदै भने, ;विगत केही वर्षदेखि आइएमई पेमार्फत् हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासब्याक (६०० सय रुपैयाँसम्म) रहेको छ। यसले उपभोक्तालाई सुलभ सेवा लिनमा मद्दत पुगेको छ।’
प्रतिक्रिया दिनुहोस