aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

युएईले ७२ देशका नागरिकका लागि यात्रा नियम परिवर्तन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ फागुन २०७८
युएईले ७२ देशका नागरिकका लागि यात्रा नियम परिवर्तन गर्यो

एजेन्सी । युनाइटेड अरब इमिरेस्ट(युएई)ले ७२ देशका लागि हरियो सूची तयार गरेको छ । महामारीपछि बन्देज रहेका देशहरुलाई बन्देज खुकुलो बनाउँदै ‘हरियो सूची’ अपडेट गरेको हो । जसमा ७२ स्थानसहित मङ्गलबारदेखि लागू हुने नयाँ सूचीमा परेको छ ।

यी देशहरू, क्षेत्रहरू र क्षेत्रहरूबाट सीधा अबु धाबी इमिरेट्स जाने यात्रुहरूले अब क्वारेन्टाइनमा बस्नु पर्दैन । अल्बानिया, अल्जेरिया, . आर्मेनिया, अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बेलारुस, बेल्जियम रहेकका छन् । 

त्यस्तै,  बोस्निया र हर्जगोभिना, ब्राजिल बुल्गेरिया, बर्मा, कम्बोडिया, क्यानाडा, चीन, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार,  फिनल्याण्ड रहेका छन् । त्यस्तै, फ्रान्स, जर्जिया, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, इन्डोनेसिया, इरान, इराक रहेका छन् ।

आयरल्याण्ड,  इजरायल, इटाली, जापान, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लाटभिया, लक्जमबर्ग, मलेसिया, माल्दिभ्स , मोरक्को, नेदरल्याण्ड, नर्वे, ओमान, पपुवा न्यू गिनी, फिलिपिन्स,  पोल्याण्ड, पोर्चुगल, रोमानिया, साउदी अरेबिया, सर्बियाका नागिरकलाई युएईमा बन्देज हटाएको छ ।

त्यस्तै,  सेशेल्स,  सिंगापुर, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया, स्पेन, स्वीडेन,  स्विट्जरल्याण्ड, सिरिया, ताइवान, ताजिकिस्तान, थाइल्याण्ड,  ट्युनिसिया, टर्किए,  तुर्कमेनिस्तान, युक्रेन, संयुक्त राज्य अमेरिका,   उज्वेकिस्तान र  यमन रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस