
एजेन्सी । कोरोनाको तेस्रो लहरमा कमी आएपछि ठूला आईटी कम्पनीहरूले आफ्ना कर्मचारीलाई कार्यालयमा बोलाउन थालेका छन् । यससँगै कम्पनीहरूले हाइब्रिडमा काम गर्ने योजना बनाएका छन् । माइक्रोसफ्टले फेब्रुअरी २८ बाट हाइब्रिड काम सुरु गर्ने भएका हुन । यसका लागि कम्पनीले कर्मचारीलाई ३० दिनको समय दिनेछ ।
माइक्रोसफ्ट कम्पनीका चीफ मार्केटिङ अफिसर क्रिस क्यापोसेलाले फेब्रुअरी २८ बाट काम गर्ने नयाँ तरिका हाइब्रिड काममा सर्ने बताए । यसका लागि कर्मचारीहरूलाई ३० दिनको समय दिइनेछ । यससँगै कर्मचारीलाई पनि कार्यालयमा बोलाइनेछ । हाइब्रिड कार्यको साथ, कर्मचारीहरूलाई थप लचिलोपन प्रदान गरिने बताइएको छ ।
तिनीहरूले कहिले र कहाँ काम गर्न चाहन्छन् छनौट गर्ने मौका पाउनेछन् । अब घरबाट काम गर्न चाहनेहरूले अब स्वीकृति लिनुपर्नेछ । यससँगै कर्मचारीलाई कार्यालय आउन र घर जानका लागि बस र क्याब शेयरिङको सुविधा पनि सुरु गरिने भएको छ ।
हाइब्रिड वर्क भनेको वर्क स्टेसनमा बसेर संसारको कुनै पनि कम्पनीको लागि काम गर्नु हो । यसपछि अब आफ्नै देशमा बसेर अर्को देशको कम्पनीमा काम गर्न सकिनेछ । यसका लागि कम्पनीले कर्मचारीको बसा नजिकै वर्क स्टेसन बनाउनेछ ।
कोरोनाको पहिलो लहर आएदेखि नै माइक्रोसफ्टलगायत सबै ठूला आईटी कम्पनीहरूले आफ्ना कर्मचारीका लागि कार्यालय खोल्ने प्रयास गरिरहेका थिएनन । माइक्रोसफ्टले अक्टोबर ४ बाट अफिस खोल्ने तयारी गरेको थियो । जुन कोरोना संक्रमण बढेपछि रद्द गरेको हो ।
त्यहाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ३० हजार ६१५ नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा आज ११.७ प्रतिशत नयाँ केस आएका छन् । योसँगै पछिल्लो २४ घण्टामा देशमा ५१४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस