काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरेको अर्को निर्णय विरुद्ध पनि अदालतमा मुद्दा पर्ने भएको छ । आलेले होटल र क्यासिनोको इजाजत पत्र रद्द गर्ने निर्णय गरेका थिए । होटलका कानुनी सल्लाहकार रमन कर्णले इजाजतपत्र रद्द गर्ने कार्य राजनीतिक उदेश्य राखेर बन्द गराउन खोजेकोले सर्वोच्च गुहार्नु परेको बताएका छन।
मन्त्रीस्तरीय निर्णयबाट होटल बन्द गर्ने अधिकार नभएको भन्दै होटल अदालतमा न्याय खोज्नका लाजि जार्ने निर्णय भएको कर्णले बताएका छन। होटलको नाममा गैरकानुनी तवरबाट रोयल्टी कायम गरिएको छ। त्यसैले त्यो निर्णय बदरको माग गरेका छौं,ु उनले भने। होटलले २०४८ सालमा क्यासिनो संचालनको अनुमति पाएको थियो। यो अनुमति पाएपनि होटल आफैंले क्यासिनो संचालन गरेको थिएन।
प्रतिक्रिया दिनुहोस