
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५४८ जना र एन्टिजन परिक्षण गर्दा १८५ जना गरि जम्मा ६३९ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १६०० जना कोरोनामुक्त भएका छन् ।योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९०५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाले कोरोना परिक्षण गरेका थिए भने २ लाख १४ हजार १०३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस