
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार कोरोना भाइरसका कारण ६ जनाको मृच्यु भएको जनाएको छ । यससंगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९११ जनाको मुत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७० जना नयाँ कोरोना संक्रमित थपिएको छन् । यस अवधिमा १९९३ जना कोरोना मुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेदर ९६.९ प्रतिशत रहेको छ ।
त्यस्तै, यस अवधिमा ९ हजार ७८९ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ६४ हजार ४७५ जनाले खोप लगाएका छन् । हाल नेपालभर १६ हजार ६१६ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस