aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

तीन वटा दूरसञ्चार कम्पनीको सेवा गुणस्तरहीन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
तीन वटा दूरसञ्चार कम्पनीको सेवा गुणस्तरहीन

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका तीन वटा दूरसञ्चार कम्पनीको सेवा गुणस्तरहीन नभएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकामा गरेको एक अध्ययनले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा कमजोर देखिएको हो ।

प्राधिकरणले गएको पुस १६ देखि २७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दूरसञ्चार कम्पनीहरुको भ्वाइस सेवाको गुणस्तर परीक्षण गर्दा तीन वटै कम्पनीको सेवा गुणस्तरिय नपाइएको बताएको छ । 

प्राधिकरणले टेलिकम कम्पनीको कल सेटअप सक्सेस रेट, कल सेटअप समय, कल ब्लक रेट र कल ड्रप रेट परीक्षण गरेको थियो । कल सेटअप सक्सेस रेट कम्तिमा ९९.९९ प्रतिशत प्राधिकरणको मापदण्ड रहेको छ ।  तर नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले त्यो मापदण्ड भेट्याउन सकेका छैनन् ।

नेपाल टेलिकमको कल सेटअप रेट ७५ प्रतिशतदेखि ९६.५५ प्रतिशत, एनसेलको कल सेटअप रेट औषत ९२ र स्मार्ट टेलिकमको ७२ प्रतिशत रहेको परीक्षण रहेको छ । नेपाल टेलिकमको औसत कल सेटअप रेट ८९ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस