aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

३५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ फागुन २०७८
३५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, देशैभरी १३ हजार ३ सय ५७ जना कोरोना भइरसका सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस