aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट

एजेन्सी । शनिबार साताको अन्तिम दिन प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य  ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ ।

इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । यो १६,३२१ रुपैयाँले घटेर ३.५२ लाखमा आएको छ । 

विश्वको सबैभन्दा ठूलो र सबैभन्दा मनपर्ने क्रिप्टो बिटक्वाइनको मूल्य १० नोभेम्बर २०२१ मा ८३ लाख रुपैयाँ नाघेको थियो । तर अहिले ५०.६२ लाखमा झरेको छ । अर्थात् यो हालसम्मकै उच्चबाट ३९ प्रतिशत मात्र तल झरेको छ ।

प्रतिक्रिया दिनुहोस