aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नौं हजार ८१५ जनामा परिक्षण गर्दा २६२ जनालाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
नौं हजार ८१५ जनामा परिक्षण गर्दा २६२ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२९ जना र एन्टिजन परिक्षण गर्दा ३३ जना गरि जम्मा २६२ जना नयाँ संक्रमित थपिएका हुन् ।           

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १३३८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ रहेको छ ।                        

पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाले कोरोना परिक्षण गरेका थिए भने ३३ हजार २५४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ जना रहका छन् ।            
 

प्रतिक्रिया दिनुहोस