aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मुकेशले ५जीद्वारा सुसज्जित एक अर्ब डलरका रोबोट किने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ फागुन २०७८
मुकेशले ५जीद्वारा सुसज्जित एक अर्ब डलरका रोबोट किने

एजेन्सी । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले भर्खरै Adverb Technologies लाई १ अर्ब डलर बराबरको रोवर्ट अर्डर गरेका छन । ५ जी प्रविधिले सुसज्जित रोबोटहरू रहेका छन । रिलायन्स इन्डस्ट्रिजले हालै रोबोटिक्स स्टार्टअप Adverb Technologies मा ५४ प्रतिशत शेयर अधिग्रहण गरेको छ । यो सम्झौता रिलायन्स इन्डस्ट्रिजको रिटेल इकाई रिलायन्स रिटेल भेन्चर्स लिमिटेड मार्फत रिलायन्स इन्डस्ट्रिजले गरेको हो । रिलायन्स रिटेलले यो सम्झौता १३२ मिलियन डलर गरेको थियो ।

रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रीजले यी रोबोटहरू मार्फत ५जी सम्बन्धी प्रयोगहरू पनि गर्नेछ । AdverbÚs Dynamo २०० रोबोटहरू पहिले नै जामनगर रिफाइनरीमा इन्ट्रा–लजिस्टिक सञ्चालनहरूमा प्रयोग भइरहेका छन्। यी सबै रोबोटहरू ५ जीद्वारा जडान गरिएका छन्  ।

तिनीहरूलाई अहमदाबादमा अवस्थित रिमोट सर्भरबाट नियन्त्रण गरिन्छ । यसको लागि, Adverb को Fleet Management System Legion प्रयोग गरिन्छ । यसबाहेक ब्यागिङ लाइन अटोमेसनमा १ टन पेलोड क्षमता भएका डाइनामो रोबोटको प्रयोग भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस