aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ फागुन २०७८
महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित भएकी छिन।  तर उनीमा सङ्क्रमणको लक्षण भने हल्का छ ।  अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा  आराम गरिरहेकी छिन।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उहाँ सङ्क्रमित भएको खबर बाहिरिएको हो। बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उनी सङ्क्रमित भएको पुष्टि गरेको छ। उनलाई हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेको बताइएको छ । उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी थिइन। एएफपी

प्रतिक्रिया दिनुहोस