aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना संक्रमतिको संख्या भन्दा निको हुने दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
कोरोना संक्रमतिको संख्या भन्दा निको हुने दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९९ जना र एन्टिजन परिक्षण गर्दा १७७ जना गरि जम्मा ४७६ जना नयाँ संक्रमित थपिएका हुन् ।           

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ८३१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९२८ रहेको छ ।                       

पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ७ हजार १८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ४७ जना रहका छन् ।             
 

प्रतिक्रिया दिनुहोस