aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाका संक्रिय संक्रमितको संख्या ९ हजारमा झर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ फागुन २०७८
कोरोनाका संक्रिय संक्रमितको संख्या ९ हजारमा झर्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५१ जना र एन्टिजन परिक्षण गर्दा १६७ जना गरि जम्मा ३१८ जना नयाँ संक्रमित थपिएका हुन् ।            

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ५६२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ रहेको छ ।                        

पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख १५ हजार ४०६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ जना रहका छन् ।             
 

प्रतिक्रिया दिनुहोस