
काठमाडौं । नेपाली बजारमा अत्याधिक रुचाईएको ब्राण्ड अमेजफिटले नयाँ मोडलको वाच सार्वजनिक गरेको छ । बहुप्रतिक्षित मोडल ‘अमेजफिट जीटीआर थ्री प्रो’ वाच नेपालमा ब्रदर मार्टले विक्रि वितरण गर्ने छ ।
अमेजफिट अलेक्जा जीटीआर थ्री प्रो’ वाच अनलाइन सपिङ ब्रदर मार्टबाट खरिद गर्न सकिने अनलाइनका सञ्चालक अशेस प्रसाईले बताए । जसको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो वाच खरिद गर्दा ब्रदर मार्टले अमाजफिट बिप यू सात हजार रुपैयाँ पर्ने पनि सित्तैमा दिने घोषणा गरेको छ ।
यो स्मार्ट वाचमा अमेजफिट एलेक्सामा भ्वाइस असिस्टेन्ट हुनुका साथै अन्य धेरै विशेषताहरु पनि रहेका छन् । यस वाचमा स्वास्थ्य निगरानी प्रणाली, निद्रा ट्रयाकिङ,अक्सिजन मात्राको निगरानी गर्ने लगायत विशेषताहरु रहेका छन् । साथै यसमा १५० खेलहरु समेत उपलब्ध छन् । जुन अन्य वाचको तुलनामा यसमा पाइने विषेशताहरु धेरै हुन ।
यो वाच ‘एन्ड्रोइड/आईवोयस’ दुबैमा चलाउन मिल्छ । यसमा क्याट्री ब्याकपको व्यवस्था पनि गरिएको छ । जीटीआर थ्रीमा ब्लुटुथ कलिङ थिएन भने अपग्रेड भर्सनमा ब्लुटुथ कलिङ पनि रहेको छ । जुन एकदम राम्रो रहेको छ ।
प्रतिक्रिया दिनुहोस