aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

विश्व कीर्तिमानी आरोही पत्रकार महर्जन पर्यटन सद्भारवना दूत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
विश्व कीर्तिमानी आरोही पत्रकार महर्जन पर्यटन सद्भारवना दूत

काठमाडौं । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त भएकी कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको  उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन् । 

महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन् । पत्रकारितामा क्रियाशील महर्जन दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् । 

महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । महर्जनसंगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन् । 

इलाम नगरपालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसंग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाई ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस