aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एक सय ५५ जनामा कोरोना सङ्क्रमन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ फागुन २०७८
एक सय ५५ जनामा कोरोना सङ्क्रमन

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १५२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ७७१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार ३०९ रहेको छ । पछिल्लो समय थप ५४० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ९९८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यस रोगबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २९ हजार ११९ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८३९ रहेको छ । अहिले होम आइसोलेसनमा आठ हजार ५७८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २६१, आइसीयूमा ९२ र भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस