aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप १२७ जनामा कोरोना संक्रमण, ३२१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ फागुन २०७८
थप १२७ जनामा कोरोना संक्रमण, ३२१ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२३ जना र एन्टिजन परिक्षण गर्दा ४ जना गरि जम्मा १२७ जना नयाँ संक्रमित थपिएका हुन् ।               

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३२१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४१ रहेको छ ।                         

पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनाले कोरोना परिक्षण गरेका थिए भने ३५ हजार ७८८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ७७० जना रहका छन् ।              
 

प्रतिक्रिया दिनुहोस