aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

‘अमेरिकाको सानो गाउँमा बस्दा इन्टरनेटको माध्यमबाट मनग्यै पैसा कमाए’

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • विहीबार, १९ फागुन २०७८
‘अमेरिकाको सानो गाउँमा बस्दा इन्टरनेटको माध्यमबाट मनग्यै पैसा कमाए’

काठमाडौं । पछिल्लो केही वर्ष यता इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दो क्रममा छ । परम्परागत रूपमा सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायक(आइएसपी) को  क्षेत्रमा नयाँ–नयाँ कम्पनीहरू पनि आइरहेका छन् । स्याटलाइटमार्फत देशभर टेलिभिजनको सेवा दिइरहेको  टेलिभिजन च्यानल प्रोभाइडर डिशहोमले पनि पछिल्लो समय आक्रामक रूपमा इन्टरनेट सेवा सुरु गरेको छ ।    

नेपालका हरेक घर घरमा स्याटलाइटमार्फत टेलिभिजन पुर्‍याउने भिजन राखेको डिसहोमको मुख्य  उद्देश्य टेलिभिजनबाट संसारभर भएका कुराहरू घरमै बसिबसी देखाउनु थियो । आफ्नो घरमै बसेर समाचार, मनोरञ्जनदेखि स्पोर्ट्स, इन्फरमेसनसम्म हेर्न पाउनु हो । यसरी विश्वमा भइरहेका सम्पूर्ण कुराहरू जनतालाई देखाएर सु–सूचित गर्ने डिसहोमको मुख्य उद्देश्य हो ।   

सोही उद्देश्यसहित डिशहोम अगाडी बढ्यो । तर, यसबिच डिशहोमका ग्राहकहरूले इन्टरनेट पनि दिलाइदिन माग राख्न थाले । हाम्रो अनुकूलमा संसारसँग पनि कनेक्ट हुने मौका मिलाइदिनु भन्ने ग्राहकहरूको चाहना देखियो । टेलिभिजनको माध्यमबाट एउटा उचाइमा पुगिसकेको अवस्थामा अब के गर्ने त थप भनेर छलफल गर्दा  डिशहोमले जुन पहिले देखि  नै खुसीको कनेक्सन नै भनेर ट्याग लाइन बनाएको थियो । त्यो खुसीको कनेक्सनमा इन्टरनेट एउटा अभिन्न अङ्ग हुन सक्ने देखियो । ग्राहकको चाहना अनुरूप नै हामी यो इन्टरनेट फिल्डमा आएको प्रबन्ध निर्देशक आचार्यले बताए ।    

उनले आफ्नो अनुभव सुनाउँदै भने– इन्टरनेट कति लाभदायी हुन्छ भन्ने कुरा मेरो आफ्नो एउटा सानो अनुभव पनि छ । सन् १९९९ मा म पढाइका लागि अमेरिका गएको थिए । त्यही बेला अमेरिकामा भर्खरै इन्टरनेटको विस्तार भइरहेको थियो । त्यो इन्टरनेटको विस्तार हुँदा मैले नेपालबाट पस्मिना लगेर बेचेको छु । म अमेरिकाको सानो एउटा गाउँमा बस्थे । त्यो गाउँबाट  इन्टरनेटको माध्यमाबाट मनग्यै पैसा कमाए । अहिले पनि मलाई त्यो कुरा झलझली याद आउँछ ।

उनका अनुसार त्यो कनेक्टिभिटीले ल्याएको एउटा बिजनेसको अवसर हो । टेलिभिजनको माध्यमबाट मात्रै जाँदा हामीले संसार देखाउने मौका पाइरहेका थियौ । अहिले कनेक्टिभिटीले हाम्रो नेपाली जनता ग्राहकहरूको स्कोप परिवर्तन गर्छ भन्ने महसुस गरेका छौँ । त्यही हिसाबले इन्टरनेट एउटा अभिन्न अङ्ग हुन्छ भन्ने विश्वास गरेका छौँ ।

कहाँ कहाँ उपलब्ध छ डिसहोमको इन्टरनेट ?   

डिसहोमले फाइबर केवलबाट नै इन्टरनेटको सेवा दिइरहेको छ । पूर्व पश्चिम राजमार्गमा जडान भइसकेको छ । झापा, विराटनगर, धरान, सुनसरी इटहरी, इनरुवा ढल्केवर लगायतका नारायणघाट लुम्बिनी क्षेत्रमा जडान भइसकेको छ । उनले भने, ‘अब माथि उक्लिँदै छौँ । दुर्गम ठाउँहरूमा अलि गाह्रो होला । त्यस क्षेत्रमा पनि जाने सोचमा छौँ । बाँकी धेरै जसो ठाउँमा पुगिसकेको छ ।’  

काठमाडौं बाहेक पोखरा दाङ, सुर्खेतमा पनि विस्तार गरिसकेका उनले जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको पूर्वमा पनि अझै माथि धनकुटाको हिले लगायत बाँकी अन्य ठाउँमा पनि विस्तार गर्ने रहेको छ’, उनले भने, ‘हामीले विदेश स्याटलाइटसँग सहकार्य गरेर जहाँ तार पुर्‍याउन कठिन छ त्यहाँ पनि स्याटलाइट मार्फत इन्टरनेटको सेवा विस्तार गर्न लागि परेका छौं ।’ साथै उनले मुख्य उद्देश्य भनेको फाइबर केवलबाट नै इन्टरनेटको सेवा दिनु रहेको दोहोर्‍याए ।

विश्वमा भर्खरै सुरुवात भएको वाई फाई ६ को सुरुवात 

इन्टरनेट एउटा आबसिय र अर्को इन्टरप्राइजहरु छन् । त्यसमा डिसहोमले हुवाबे कम्पनिसंग सहकार्य गरेको छ । जसको सहयोगमा विश्वमा भर्खरै सुरुवात भएको वाई फाई ६ पनि  डिसहोमले सुरु गरिसकेको उनले जानकारी दिए । ‘जसको ३०० एमबिपिस, ६०० एमबिपिससम्मको ब्यान्डविथ प्रोभाइट गर्न सक्ने क्षमता छ । वाई फाई ६ भनेको सबभन्दा लेटेस्ट टेक्नोलोजी हो ।’ उनले भने ।

उनका अनुसार डिसहोमले इन्टरप्राइजहरु पनि समेट्ने हिसाबले  क्याम्पस वाई फाई ल्याएको छ । जसमा एकै पटकमा सयौँ जना कनेक्ट हुन मिल्छ । उपकरणको हकमा पनि एआई प्रयोग भएका टेक्नोलोजीहरू छन् । कुनै ग्राहक एक पटक कनेक्ट भइसकेपछि अलिकति टाढा जानु भयो भने पनि पावर आफैँ बुस्ट हुने खालका प्रोडक्टहरु छन् । 

यहाँ इन्टरनेटको फिल्डमा २० औ वर्ष पुराना इन्टरनेट सेवा प्रदायक छन् । उहाँहरूको नेटवर्क धेरैजसोको पुरानो छ । हाम्रो नेटवर्क भनेको भर्खर बनाएको २४ कोर, ४४ कोर सम्मको नेटवर्क बनाएर अघि बढिरहेका उनले बताए ।

यसकारण स्लो हुन्छ इन्टरनेट   

इन्टरनेट प्रयोग गर्दा स्लो हुने समस्या पुरै  इन्टरनेट उद्योग कै समस्या रहेको उनको भनाई छ । उनका अनुसार २५ एमबीपिएस भनिएको छ भने २५ एमबीपिएस नै दिने उद्देश्य हुन्छ । तर, कतिपय कुराहरू हाम्रो क्षमता भन्दा बाहिरको हुने गर्दछ । हामी १०० एमबीपिएस भनेर २५ एमबिपिएस दिँदैनौँ । टेक्नोलोजीमा आधारित प्रोडक्ट भएकाले यस्ता कुराहरूमा ग्राहकले पनि बुझ्नु पर्ने र हामीले पनि बुझाउन नसकेको जस्तो लाग्छ ।

कतै कतै झुक्काउने पनि गरेको गुनासो  सुनेको बताउँदै उनले भने, ‘एमबीपिएसका कुरा ठुला गर्ने अनि दिने बेलामा चोक गरेर दिने गरेका उदाहरण पनि छन् । एमबीपिएसका ठुला कुरा गरेर ग्राहकलाई झोक्याउने पनि छन् । यसमा बुझ्नु पर्ने दुई वटा कुरा के हो भने एउटा वाई फाइको सिक्स क्षमता ६ सय एमबिपिएस सम्मको हुन्छ । तर तपाइले फाइभ जीको राउटर प्रयोग  गर्नुभयो भने त्यसको क्षमता नहुन सक्छ । राउटर नजिकै बस्दा  चल्ने र टाढा बसेर चलाउँदा भने कम रेन्ज दिने समस्या रहेको छ ।’

उनका अनुसार एउटै घरमा फरक फरक राउटर छन् भने हाम्रो राउटरमा त्यो अर्को राउटरले हस्तक्षेप गर्ने समस्या पनि छ । जसले गर्दा हाम्रो राउटरको स्पिड स्लो हुने गरेको पाइएको छ । यसको समस्या समाधान गर्नका लागि ग्राहकले राउटर राख्ने बेलामा ध्यान दिनुपर्ने हुन्छ ।

टेलिभिजनसँगै इन्टरनेटको प्याकेजमा सबैभन्दा राम्रो   

धेरैजसो सेवाप्रदायकहरुले इन्टरनेट कै प्याकेजमा टेलिभिजनको पनि सुविधा दिने गरेका छन् । यसो हुँदा इन्टरनेटको क्षमता घट्छ भन्ने ग्राहकको गुनासो छ । तर, डिसहोमको भने यस्तो प्याकेजमा अन्यको भन्दा राम्रो क्षमता रहेको उनको दाबी छ । ‘हाम्रोमा इन्टरनेट र टेलिभिजनको छुट्टाछुट्टै व्यवस्था एउटै  प्याकेजमा हुने हुनाले अरूकोमा जस्तो इन्टरनेट जाँदा टिभी पनि हेर्न नमिल्ने हुँदैन । हाम्रोमा सिग्नल लिन सक्यो भने च्यानल अड्किएर बस्दैन । ग्राहकलाई कसरी सुविधा दिएको छ र स्तरउन्नतीको काम गरेको छ कि छैन भन्ने कुरा महत्त्व पूर्ण हुने गर्छ’, उनले भने ।

ग्राहकले छुट्टाछुट्टै प्याकेज पनि लिन सक्ने बताउँदै उनले भने, ‘हाम्रो नेटवर्क फ्रेस नेटवर्क छ । समस्याहरू आउने सम्भावना पनि कम छ । अहिलेको नयाँ टेक्नोलोजी प्रयोग गरेका छौँ । ग्राहकहरूले रोजाइ अनुसारका सुविधा लिन सक्नेछन् । ग्राहकको चाहना अनुसारको सेवा प्रदान गरेकाले नै हामी सफल भएका छौँ ।’ साथै उनले डिसहोमले चुस्त तरिकाले सेवा प्रदान गरेको समेत दाबी गरे ।     

उनका अनुसार डिसहोमले ग्राहकलाई मध्यनजर राखेर नै प्याकेजिङ गर्ने गरेको हुन्छ ।  डिशहोमका ग्राहकलाई १० एमबिपिएसको सम्मको इन्टरनेट फ्रि गरेका छौँ । लकडाउनको समयमा विद्यार्थी प्याकेज पनि ल्याएको थियो । दशैको समयलाई मध्यनजर गरेर ४० एमबिपिएस सम्ममो प्याकेज पनि ल्याइएको थियो ।  हामीसँग धेरै तरिका प्याकेजहरू छन्  । ग्राहकका चाहना अनुसारका प्याकेज छन् । ग्राहकले आवश्यकता अनुसार लिन सक्नेछन् ।

‘फाइभरबाट पुग्ने ठाउँमा फाइभर नै जडान गरेका छौँ भने फाइभर नपुगेका ठाउँमा स्याटलाइट प्रयोग गरेका छौँ । स्याटलाइट इन्टरनेट टेक्नोलाजीनै महँगो हुने भए पनि ग्राहकको कनेक्सनलाई ध्यानमा राखेर सेवा प्रदान गरेका छौँ । ग्राहकको चाहना अनुसार नै हामीले सेवा प्रदान गरिरहेका छौँ’, उनले भने ।   

डिसहोमका विभिन्न ठाउँमा डिलरहरू छन् । ग्राहकले विस्तृत जानकारी लिनुपरेमा डिलरमा गएर पनि सम्पर्क गर्न सक्ने उनको भनाई छ । साथै उनले डिसहोमको एप बाट पनि थप जानकारी लिन सकिने बताए । उनले भने, हाम्रो सेवा २४ सै घण्टा उपलब्ध छ । ग्राहकलाई सेवा दिने उद्देश्यमा नै हामी लागेका छौँ ।   

प्रतिक्रिया दिनुहोस