aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चार हजार ९२४ जनामा कोरोना परिक्षण गर्दा १०५ पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ फागुन २०७८
चार हजार ९२४ जनामा कोरोना परिक्षण गर्दा १०५ पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७० जना र एन्टिजन परिक्षण गर्दा ३५ जना गरि जम्मा १०५ जना नयाँ संक्रमित थपिएका हुन् ।                

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३२० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ रहेको छ ।                        

पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख २४ हजार ७८८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ जना रहका छन् ।              
 

प्रतिक्रिया दिनुहोस