aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थपिए १२६ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० फागुन २०७८
थपिए १२६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १११ जना र एन्टिजन परिक्षण गर्दा १५ जना गरि जम्मा १२६ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३८५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ रहेको छ ।                        

पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनाले कोरोना परिक्षण गरेका थिए भने ३७ हजार १९२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार २४२ जना रहका छन् ।              
 

प्रतिक्रिया दिनुहोस