aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ फागुन २०७८
वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

काठमाडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन ९जेएसिए० ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । 

यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस