aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप २२४ जनाको कोरोना संक्रमण, मृतकको संख्या शुन्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ फागुन २०७८
थप २२४ जनाको कोरोना संक्रमण, मृतकको संख्या शुन्य

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६८ जना र एन्टिजन परिक्षण गर्दा १५६ जना गरि जम्मा २२४ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २५१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।              

पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाले कोरोना परिक्षण गरेका थिए भने ९६ हजार ८९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ जना रहका छन् ।       
 

प्रतिक्रिया दिनुहोस