काठमाडौं, पुस १० । नेपाल हाइड्रो डेभलोपर लिमिटेड (Nepal Hydro Developer Ltd.) ले शेयर लाभांश दिने भएको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ४ प्रतिशत बोनस तथा बोनसको कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले प्रतिशेयरमा ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ४७ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि २७ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस