aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप ७७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ फागुन २०७८
थप ७७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६२ जना र एन्टिजन परिक्षण गर्दा १५ जना गरि जम्मा ७७ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १८९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ ।              


पछिल्लो २४ घण्टामा ७ हजार ९८१ जनाले कोरोना परिक्षण गरेका थिए भने १ लाख २६ हजार १९६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २१२ जना रहेका छन् ।       

प्रतिक्रिया दिनुहोस