aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

७७ जना नयाँ संक्रमित थपिए, निको हुने संख्या बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ फागुन २०७८
७७ जना नयाँ संक्रमित थपिए, निको हुने संख्या बढ्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३० जना र एन्टिजन परिक्षण गर्दा ४३ जना गरि जम्मा ७७ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १९२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।              

प्रतिक्रिया दिनुहोस