aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सेलपेले ल्यायो नयाँ वर्ष आयो क्यासब्याक पायो अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
सेलपेले ल्यायो नयाँ वर्ष आयो क्यासब्याक पायो अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड (सेलपे)ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा विशेष अफर ल्याएको छ । नयाँ वर्ष आयो क्यासब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको हो । 

जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ । यस अफर अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले  टप–अपमा ६ प्रतिशत क्यासब्याक, फोनपे क्युआर भुक्तानीहरूमा १० प्रतिशत (रु.१०० को क्याप सहित) छुट, एयरलाइन्स टिकट खरीदमा १२०० सम्म छुट र बस टिकट खरीदमा १० प्रतिशत छुट पाउनेछन् । 

टपअपमा क्यासब्याक प्राप्त गर्न प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नु पर्ने हुन्छ । त्यसपछि दर्ता गर्ने र आफ्नो केवाईसी प्रमाणित गरेर आफ्नो बैंक खाता लिङ्क गर्नु पर्ने हुन्छ । र, वालेट लोड गर्नु पर्ने हुन्छ ।   
 

प्रतिक्रिया दिनुहोस