aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

खल्तीबाट इ एम आइ भुक्तानी गर्दा १०० प्रतिशत क्यास्ब्याकका साथै स्मार्टफोन जित्ने मौका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
खल्तीबाट इ एम आइ भुक्तानी गर्दा १०० प्रतिशत क्यास्ब्याकका साथै स्मार्टफोन जित्ने मौका

काठमाडौं । खल्ती मार्फत इ एम आइ भुक्तानीमा १०० प्रतिशत क्यासब्याक,, जित्ने भाग्यमानी बन्नुहोस् । साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

यस अफर “इ एम आइ डन १०० प्रतिशत रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लु इन्वेत्मेंट प्राइभेट लिमिटेड को इ एम आइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १०० प्रतिशत  क्यास्ब्याक (रू.५,००० को अधिकतम सीमा को साथ)  प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन्। यो अफर चैत १ देखि चैत ३०, २०७८ सम्म मान्य छ ।

यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

५ हजार माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस