aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चीनमा बढेको कोरोनाका कारण चिनियाँ अर्बपतिलाई अर्बौको घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
चीनमा बढेको कोरोनाका कारण चिनियाँ अर्बपतिलाई अर्बौको घाटा

एजेन्सी । रुस–युक्रेन युद्धसँगै चीनमा फेरि कोरोनाको प्रकोपका कारण शेयर बजारमा पनि नराम्रो असर देखिएको छ । सोमबार चीनका धेरै महत्वपूर्ण कम्पनीको शेयर नराम्ररी बन्द भएको छ । यसको प्रत्यक्ष असर चीनका सबैभन्दा धनी व्यक्ति झोङ शानशानको सम्पत्तिमा ठूलो गिरावट आएपछि पनि देखियो ।

हङकङको शेयर बजारमा झोङ शान्सनको कम्पनी नोङफु स्प्रिङ कम्पनि (नोङफु स्प्रिङ कम्पनी) को शेयर मूल्य ९.९ प्रतिशतले घटेको छ । कम्पनीको सूचीकरण भएको १८ महिनामा यो अहिलेसम्मकै ठूलो गिरावट हो । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ५ अर्ब डलरले घटेको छ ।

 यद्यपि, ६०.३ अर्ब डलरको सम्पत्ति भएको उनी अझै पनि चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । नोङफु स्प्रिङ कम्पनी लिमिटेडको शेयर पछिल्लो ५ दिनमा १४.३४ प्रतिशतले घटेको छ । झोङ शानशान बाहेक चीनका अन्य धेरै धनी उद्योगपतिको सम्पत्तिमा गिरावट आएको छ । टेन्सेन्ट कम्पनी मा हुआटेङको सम्पत्तिमा ३ अर्ब ३३ करोड डलर र अलिबाबाको ज्याक माको ९९ करोड ३० लाख डलरको कमी आएको छ । चीनमा कोरोनाको अवस्था फेरि एकपटक अनियन्त्रित बन्दै गएको देखिन्छ ।

यहाँ कोरोनाका सबै रेकर्ड तोड्न थालेका छन् । पछिल्लो २४ घण्टामा चीनमा ५ हजारबाट कोरोना महामारी सुरु भएयता चीनमा एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएका छैनन् । शून्य–कोरोना रणनीति अपनाएर चीनले धेरै प्रान्तमा लकडाउन लगाएको छ र यसका कारण करिब ५ करोड मानिस घरमै थुनिएका छन् ।

समाचार एजेन्सीका अनुसार पछिल्लो २४ घण्टामा चीनमा ५ हजार २ सय ८० नयाँ कोरोना संक्रमित थपिएका छन् । यसभन्दा एक दिन अघि १ हजार ३ सय ३७ केसहरू थिए। कोरोनाको यो लहरमा चीनमा कोरोनाको बढ्दो केसलाई ध्यानमा राख्दै चीनका धेरै प्रान्तमा लकडाउन गरिएको छ । ५ करोडभन्दा बढी मानिस घरमै थुनिएका छन् । सबैभन्दा बढी २ करोड ४० लाख मानिस जिलिन प्रान्तका छन् । यसपछि शेन्जेनका १ करोड ७५ लाख र डोङगुआनको १ करोड मानिस लकडाउनमा छन् ।
 

प्रतिक्रिया दिनुहोस