aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप ८२ जनामा कोरोना संक्रमण, २१३ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
थप ८२ जनामा कोरोना संक्रमण, २१३ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४१ जना र एन्टिजन परिक्षण गर्दा ४१ जना गरि जम्मा ८२ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २१३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।              

पछिल्लो २४ घण्टामा ६ हजार १७५ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ५ हजार ४२२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५७४ जना रहेका छन् ।              
 

प्रतिक्रिया दिनुहोस