aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

फ्रान्सेली आईटी फर्मले ६० हजार भारतीयलाई जागीर दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
फ्रान्सेली आईटी फर्मले ६० हजार भारतीयलाई जागीर दिँदै

एजेन्सी  । फ्रान्सेली आईटी फर्म क्यापजेमिनीले यो वर्ष भारतमा करिब ६० हजार कर्मचारी भर्ना गर्ने बताएको छ । यो संख्या २०२१ को तुलनामा धेरै हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अश्विन यार्दीले डिजिटलमा आधारित समाधानको माग बढ्दै गएको बताए । यार्डीले भने, ‘विश्वभर हामीसँग ३.२५ लाख कर्मचारी छन् । तीमध्ये आधा भारतमा छन् । क्यापजेमिनीले गत वर्ष एरिक्सनसँगको साझेदारीमा भारतमा ५जी प्रयोगशाला सुरु गरेको थियो । 

अर्कोतर्फ निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकले चालु आर्थिक वर्षमा २१ हजार ५०३ जना कर्मचारी भर्ना गरेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो ९० प्रतिशतले बढेको हो । यो वर्षको अन्त्यसम्म अर्थात चैतसम्म २६ हजार कर्मचारी भर्ना गर्ने लक्ष्य थियो ।  जुन योभन्दा बढी हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस