
अजोड इन्स्योरेन्सको शाखा दाङ्गमा सुरुआत भएको छ । दाङ्ग शाखा कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि. का संचालक समितिका संचालक राम बहादुर गुरुङ्गले संयुक्त रुपमा गरेका हुन् ।
उक्त अवसरमा अजोड इन्स्योरेन्स लि. का दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेबाट स्वागत मन्तव्य व्यक्त राखेका थिए भने, कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहित कम्पनीका कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस