aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाले गर्दा दीर्घकालीन दिमागमा नराम्रो असर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ चैत्र २०७८
कोरोनाले गर्दा दीर्घकालीन दिमागमा नराम्रो असर

एजेन्सी । कोरोना भाइरसको संक्रमणले शरीर र दिमागमा पनि नराम्रो असर पार्न सक्छ । ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित हालैको अनुसन्धानका अनुसार कोरोनाका गम्भीर बिरामीहरूलाई दीर्घकालीन मानसिक स्वास्थ्य समस्याको उच्च जोखिम हुन्छ ।

अनुसन्धानले कोरोनासँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, निद्रामा गडबड र चिन्तालाई हेरेको थियो। यसका लागि बेलायत, स्वीडेन, डेनमार्क, आइसल्याण्ड, इस्टोनिया र नर्वेका मानिसहरूलाई १६ महिनासम्म अध्ययन गरिएको थियो ।

अनुसन्धानमा कोरोना संक्रमित र कहिल्यै संक्रमित नभएकालाई पनि समावेश गरिएको थिए । २,४७,४७,२४९ जना मध्ये ९,९७९ अर्थात ४प्रतिशतलाई फेब्रुअरी २०२० र अगस्त २०२१ को बीचमा कोरोना भएको थियो।

वैज्ञानिकहरुका अनुसार कोरोनाबाट प्रभावित मानिसमा मानसिक समस्या हुने सम्भावना बढी हुन्छ । संक्रमण नभएका ११.३ प्रतिशतले डिप्रेसनका लक्षणहरू अनुभव गरे भने, २०.२ प्रतिशत कोरोनाबाट पीडित व्यक्तिहरूमा यी लक्षणहरू थिए । यस अवधिमा संक्रमणविहीन २९.४ प्रतिशत र कोरोना संक्रमित २३.८ प्रतिशतको निद्राको गुणस्तर बिग्रिएको थियो ।

घरमा निको भएका बिरामीहरूको तुलनामा अस्पतालमा भर्ना भएका बिरामीहरूको मानसिक स्वास्थ्य खराब हुने अनुसन्धानले देखाएको छ । यससँगै कोरोना संक्रमणका कारण एक साता वा सोभन्दा बढी समय ओछ्यानमा बिताएका व्यक्तिमा डिप्रेसन र एन्जाइटीको जोखिम ५०–६० प्रतिशतले बढेको छ ।

वैज्ञानिकहरूले यो पनि पत्ता लगाए कि संक्रमित बिरामीहरू जसलाई अस्पताल भर्ना गर्नुपर्दैन, डिप्रेसन र चिन्ताका लक्षणहरू प्रायः दुई महिना भित्रमा कम हुन्छ  ।

अनुसन्धानमा संलग्न आइसल्याण्ड विश्वविद्यालयका प्रोफेसर उन्नुर अन्ना वाल्दिमार्सडोटिर भन्छिन् कि गम्भीर कोरोना बिरामीहरूमा दीर्घकालीन मानसिक समस्यालाई हेर्ने यो पहिलो अनुसन्धान हो। यो अध्ययनले कोरोना संक्रमणको स्तरका आधारमा तपाईको मानसिक स्वास्थ्य प्रभावित हुने देखाएको छ ।

प्रोफेसर उन्नूर भन्छन्, अहिले हामी कोरोना महामारीको तेस्रो वर्षमा छौं । यस्तो अवस्थामा कोरोनापछिका अन्य गम्भीर रोगहरूमा पनि ध्यान दिन जरुरी छ । यसले गर्दा मानिसहरूले समयमै उपचार पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस