
एजेन्सी । शून्य कोभिड नीति अवलम्बन गर्दै आएको चीनमा जनवरी २०२१ पछि कोरोनाबाट मृत्युको पहिलो केस दर्ता भएको छ । यहाँ ओमिक्रोनको द्रुत रूपमा फैलिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यहाँको जिलिन सहरमा शुक्रबार दुई जनाको मृत्यु भएको हो ।
एएफपी (एजेन्सी फ्रान्स प्रेस) को तथ्यांक अनुसार विश्वभर कोरोनाका दैनिक औसत केसहरू गत हप्ताको तुलनामा १२ प्रतिशतले बढेको छ । अर्थात् नयाँ केस बढेर १८ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महामारीको अन्त्य हुन अझै टाढा रहेको बताएको छ ।
फ्रान्समा यस हप्ता कोरोनाका केसहरू ३५ प्रतिशतले बढेको छ । योसँगै इटाली र बेलायतमा ४२ प्रतिशतको वृद्धि देखिएको छ । ब्लूमबर्गले एक रिपोर्ट जारी गरेको थियो । जसका अनुसार विश्व स्वास्थ्य संगठनले विश्वव्यापी कोरोना संकटलाई कसरी र कहिले अन्त्य गर्ने भनेर विचार गरिरहेको छ । तर, डब्ल्यूएचओले महामारी यति चाँडो अन्त्य नहुने बताएको छ । हामी अहिले महामारीको बिचमा छौं ।
बेलायतको स्वास्थ्य एजेन्सीले शुक्रबार भने कि प्रजनन संख्या (आर) १.१ र १.४ बीचमा रहेकोले दैनिक संक्रमणमा थप वृद्धि हुन सक्छ । यो संख्या गत हप्ता ०.८ देखि १.१ सम्म थियो ।
प्रतिक्रिया दिनुहोस