aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

फेसबुकमा प्रोटेक्ट अन गर्नुभयो ? नत्र खाता बन्द होला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ चैत्र २०७८
फेसबुकमा प्रोटेक्ट अन गर्नुभयो ? नत्र खाता बन्द होला

एजेन्सी । सामाजिक सञ्जाल प्लेटफर्ममा धेरैले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । यी प्रयोगकर्ताहरूलाई उनीहरूले फेसबुक प्रोटेक्ट अन नगरेसम्म आफ्नो खाताहरूसम्म पुग्न नसक्ने बताएएको छ । 

गत वर्ष सेप्टेम्बरमा, फेसबुकले फेसबुक प्रोटेक्टलाई परीक्षण चरणबाट बाहिर निकालेर विश्वव्यापी रूपमा रोलआउट गर्यो । जसले प्रयोगकर्ताको फेसबुक खाता सुरक्षित राख्न मद्दत गर्दछ । यसमा पत्रकार, सरकारी कर्मचारी र मानवअधिकारकर्मी जस्ता व्यक्तिहरू पर्छन् ।

फेसबुकले फेसबुक प्रोटेक्ट अन नगरेका खाताहरू बन्द गर्दैछ । केही समयअघि कम्पनीले फेसबुक प्रोटेक्ट अन गर्नका लागि केही प्रयोगकर्तालाई मेल पठाएको थियो । जसमध्ये यो प्रणाली सक्रिय नभएकाहरुको खाता बन्द गरिएको छ । फेसबुक प्रोटेक्ट अन गरेमा मात्र खाता रिकभर गर्न सक्षम हुनेछ ।

ट्विटरमा एक प्रयोगकर्ताका अनुसार फेसबुक प्रोटेक्ट खोल्न भनिएको इमेल पनि प्राप्त भएको थियो । जुन स्प्याम जस्तो देखिन्छ । जसका कारण उनले बेवास्ता गरे । तर इमेलमा दिइएको फेसबुक प्रोटेक्ट एक्टिभेट गर्ने अन्तिम मिति आएलगत्तै उनको खाता लक भयो । द भर्जका अनुसार फेसबुकले यी इमेलहरू [email protected] ठेगानाबाट पठाएको थियो। यो ठेगाना तपाईले प्राप्त गर्नुभएको सामान्य स्प्यामसँग मेल खान्छ ।
 

प्रतिक्रिया दिनुहोस