
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २८ जना र एन्टिजन परिक्षण गर्दा ९ जना गरि जम्मा ३७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३८२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६१ जनाले कोरोना परिक्षण गरेका थिए भने २२ हजार ६८७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ३ हजार २४१ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस