aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अब ‘खल्ती’बाट निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
अब ‘खल्ती’बाट निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने

काठमाडौं । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । 

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५० हजार प्रतिदिन रु. १ लाख रहेको छ । तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् । यो अफर आजदेखि आगामी बैशाख ६ गतेसम्म लागु हुनेछ । 

यस सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ ।” खल्ती नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ । 

प्रतिक्रिया दिनुहोस